बाँकेमा तीन दिनसम्म भेरोसेलको पहिलो मात्रा खोप दिइने भएको छ ।

जिल्लाका ८१ वटै वडामा रहेका स्वास्थ्य संस्थाबाट भेरोसेल खोपको पहिलो मात्रा दिइने स्वास्थ्य कार्यालय बाँकेका खोप अधिकृत भेषराज शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार ४५ वर्ष माथिका खोप लगाउन बाँकी सबै र १८ वर्ष माथिका खोप लगाउन छुटेका विद्यार्थीलाई सो खोप लगाइने छ । यस्तै यसअघि उक्त खोपको पहिलो मात्रा लगाएर दोस्रो मात्रा लगाउन छुटेका नागरिकले पनि खोप लगाउन पाउने शर्माले जानकारी दिनुभयो ।