काठमाडौँ, २१ माघ : प्रधानमन्त्री शेरबहादुर देउवाको प्रेस प्रमुखमा पत्रकार गोविन्द परियार नियुक्त हुनुभएको छ ।

प्रधानमन्त्री देउवाले परियारलाई प्रेस प्रमुखमा नियुक्त गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । परियार यसअघि विसं २०७४ मा पनि देउवा प्रधानमन्त्री रहनुभएका बेला प्रेस संयोजक भएर काम गर्नुभएको थियो ।

गत असारमा पाँच दलीय गठबन्धनको सरकार गठन भएपछिदेखि नै परियारले प्रधानमन्त्री देउवाको प्रेस सहयोगीका रुपमा काम गर्दै आउनुभएको थियो । –––