११ फागुन, बैतडी । निर्माण व्यवसायी सङ्घ बैतडीको अध्यक्षमा पुनः सुरेशबहादुर चन्द सर्वसम्मतरूपमा चयन हुनुभएको छ । मङ्गलबार सम्पन्न १७औँ साधारणसभा तथा नवौँ जिल्ला अधिवेशनबाट चन्दको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मतरूपमा चयन गरिएको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा कमलसिंह बोहरा, द्वित्तीय उपाध्यक्षमा दमन कुँवर, महासचिवमा विकास चन्द, सचिवमा पुरन टेर र कोषाध्यक्षमा श्यामबहादुर चन्द चयन हुनुभएको छ । समितिको कार्यकाल तीन वर्षको हुने नवनिर्वाचित महासचिव विकास चन्दले जानकारी दिनुभयो ।