१३ फागुन, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–९ को ग्रामीण क्षेत्रका सडकमा सिसी क्यामेरा जडान गरिएको छ । ग्रामीण क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रणका लागि उक्त क्यामेरा जडान गरिएको हो ।

“पर्यटकीय क्षेत्र धारापानी जाने सडक र असिग्राम मावितर्फ जाने सडक र वडा कार्यालय परिसरमा  क्यामेरा जडान गरेका छौँ,” वडाध्यक्ष रमेशबहादुर ऐरले भन्नुभयो, “आपराधिक क्रियाकलाप नियन्त्रणसँगै सडक दुर्घटना न्यूनीकरणमा सघाउ पु¥याउनका लागि क्यामेरा जडान गरिएको छ ।” वडा कार्यालयले रु एक लाख ५० हजार खर्च गरी सडक, चोकचोक र संवेदनशील क्षेत्रमा  आठभन्दा बढी क्यामेरा जडान गरेको हो ।