२१ वैशाख, काठमाण्डौ । निर्वाचन आयोगले पालिका चुनावको लागि उम्मेदवारी दिएकाहरुको सूची सार्वजनिक गरेको छ ।

आयोगले मेयररउपमेयर, अध्यक्षरउपाध्यक्ष, वडा अध्यक्ष र सदस्यमा उम्मेदवारी दिएका १ लाख ४५ हजारभन्दा धेरै उम्मेदवारको सूची सार्वजनिक गरेको हो ।

विभिन्न प्राविधिक कारणले उम्मेदवारहरूको सूची प्रकाशनमा ढिलाइ भएको र अझै पनि यो सूचीमा केही थपघट हुन सक्ने आयोगको भनाई छ ।