२१ वैशाख, काठमाण्डौ । तेस्रो टी–२० खेलमा नेपालले जिम्बावे ‘ए’ लाई ८ विकेटले पराजित गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावेले प्रस्तुत गरेको १ सय ३७ रनको लक्ष्य नेपालले २५ बल बाँकी छँदै २ विकेटको क्षतिमा पछ्याएको हो ।
नेपाललाई जीत दिलाउन आसिफ शेखले नटआउट रहँदै ८७ रन बनाए । उनले यसक्रमममा १३ चौका र १ छक्का हिर्काए । उनलाई ओपनर कुशल भुर्तेलले ३४ रन बनाउँदै राम्रो साथ दिए । त्यस्तै, बसिर अहमदले १० रनको योगदान दिए ।