२२ वैशाख, काठमाण्डौ । काठमाडौं महानगरको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ । आइतबार बिहान एक कार्यक्रमबीच शाहाले २८ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको छ । नाराका साथ बालेन शाहाले आफ्नो प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ ।

शाहको प्रतिबद्धता पत्रमा काठमाडौं महानगरका सामुदायिक विद्यालयको पूर्वाधार, ७० वर्ष माथिका वृद्धवृद्धाको घरमै निःशुल्क स्वास्थ्य परीक्षण, महानगरको स्वामित्वमा पूर्ण सुविधायुक्त एम्बुलेन्स सेवाहरू सुचारु, गुणस्तर र वातावरणमा सुधार गरी प्राविधिक शिक्षा, प्रत्येक वडामा योग्य चिकित्सक, नर्सिङ प्रोफेसनल, फार्मासिस्ट र नियमित स्वास्थ्य जाँचका लागि डायग्नोस्टिक ल्याबसहितको स्वास्थ्य क्लिनिक सुरुवात, सांस्कृतिक महत्त्वका सम्पदा क्षेत्रका लागि उपभोक्ता समिति मार्फत निर्माण तथा पुनर्निर्माणका कार्य साथै सार्वजनिक तथा महानगरीय यातायात व्यवस्थित प्रतिबद्धता पत्रमा उल्लेख गरिएका‍े छ ।

शतप्रतिशत विद्युतीय सार्वजनिक यातायातको थालनी गर्ने पनि शाहाले बताउनुभयो ।