२४ वैशाख, काठमाडौं । नेपालमा खेतीयोग्य जमिनमा ३० मात्रै सिँचाइको व्यवस्था भएको तथ्याङ्क सार्वजनिक गरिएको छ । नेपाल कृषि अनुसन्धान परिषद्ले आफ्नो ३१ औँ वार्षिकोत्सवको अवसर पारेर शनिबार काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनमा जो जानकारी गराइएको हो ।

परिषद्ले हालसम्म ८० वटा वस्तुबालीका ७२३ जातहरू विकास गरी कृषकको खेतबारीमा पुगेको पनि जनाएको छ । त्यसै गरी माटोको डिजिटल नक्साङ्कन सार्वजनिक गरिएको, सुन्तला, जुनार र कागतीलाई चिस्यान कोठामा ३ महिनासम्म भण्डारण गर्न सकिने प्रविधि भित्र्याउने प्रस्तावलाई अघि बढाएको पनि परिषद्का कार्यकारी निर्देशक डा. दीपक भण्डारीले बताउनुभयो ।