बैशाख ३०, काठमाडौँ । बैतडीमा मतदान गरेर फर्किएका एक वृद्धको मृत्यु भएको छ । दोगडाकेदार गाउँपालिका–३ कफल्डाका ८४ वर्षीय हरिसिंह भाटको मतदान गरेपछि फर्कने क्रममा मृत्यु भएको प्रहरी निरीक्षक दीपक विष्टले जानकारी दिए ।

भाटको शुक्रबार बिहान सनातन धर्म मावि खोचलेकमा मतदान गरेपछि फर्कने क्रममा मतदानस्थल बाहिर पुग्ने बेला मुर्छा परेका र बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।