जेठ ६,काठमाडौं । पहिलो पटक शुक्रवार खुलेको शेयर बजार १५ अङ्कभन्दा धेरैले घटेको छ । आज शेयर बजार परिसूचक नेप्से १५ दशमलव ८२ अङ्कले घटेर दुई हजार दुई सय ३५ दशमलव ९ विन्दुमा झरेको छ । 

आज म्युचल फन्डबाहेक सबै समूहको शेयर घटेकोमा बीमा, व्यापार, अन्य, विकास बैंक, उत्पादन समूहको शेयर धेरै अङ्कले ओरोलो लागेको छ ।  आज कारोबार रकम पनि घटेको छ । दुई सय २३ कम्पनीका २५ लाख २४ हजार कित्ता शेयर ९३ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै अरुण काबेली पावर लिमिटेडको तीन करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो । 

आज सबैभन्दा धेरै तेह्रथुम पावर कम्पनीको शेयर झन्डै पाँच प्रतिशतले घटेको छ । समग्र बजार घटे पनि समुदायिक लघुवित्त, श्री इन्भेस्टमेन्ट फाइनान्स र लक्ष्मी लघुवित्तको शेयर दुई प्रतिशतभन्दा धेरैले घटेको छ ।  गएकाे वैशाख १३ गतेकाे मन्त्रिपरिषद्काे बैठकले शनिवार र आइतवार गरी हप्तामा दुई दिने बिदा निर्णय गरेपछि शेयर बजार पनि साेमवारदेखि शुक्रवारसम्म खुल्ने भएकाे हाे ।