जेठ ८,काठमाडौं । काठमाण्डौसहित पाँच वटा महानगरपालिकाको मतगणना चलिरहेको छ।

पछिल्लो मत परिणामअनुसार काठमाण्डौ महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले ३९ हजार मत कटाउनु भएको छ । उहाँले ३९ हजार ५ सय १५ मत प्राप्त गर्नु भएको छ ।

यस्तै, नेपाल कांग्रेसकी र्सिजना सिंहले मतान्तर घटाउन थाल्नु भएको छ । उहाँको २२ हजार २ सय ७० मत छ । एमालेका उम्मेदवार केशव स्थापित भने तेस्रो स्थानमा पुग्नु भएको छ । उहाँले अहिलेसम्म २१ हजार ७ सय ७५ मत प्राप्त गर्नु भएको छ । स्थापित सिंहभन्दा ४ सय ९५ मतले पछाडि हुनुहुन्छ ।