जेठ ८ ,काठमाडौं । भरतपुर महानगरमा गठबन्धनका मेयर उम्मेदवार रेनु दाहालले ३६ हजार २ सय ८४ मत प्राप्त गर्नु भएको छ ।
त्यस्तै एमालेका उम्मेदवार विजय सुवेदीले २८ हजार २५३ मतले पछ्याउँदै हुनुहुन्छ । मेयरका अर्का उम्मेदवार जगन्नाथ पौडेलले १२ हजार १७८ मत ल्याउनु भएको छ । उपमेयरका चित्रसेन अधिकारीले ३९ हजार १२९ मत ल्याएर अग्रता कायम गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी हिमला गुरुङले २२ हजार ९११ मत पाउनु भएको छ ।