जेठ ९,काठमाडौं । काठमाण्डौको पछिल्लो मत परिणामअनुसार मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले ४३ हजारभन्दा धेरै मत प्राप्त गर्नु भएको छ ।

महानगरको १ लाख २८ हजार ४ सय ८५ मत गन्दा बालेन साहले ४३ हजार ८ सय ५० मत प्राप्त गर्नु भएको छ । नेपाली कांग्रेसकी सिर्जना सिंहले २५ हजार ९ सय ४४ मत प्राप्त गर्नु भएको छ । एमालेका उम्मेदवार केशव स्थापित तेस्रो स्थानमा हुनुहुन्छ । उहाँले २५ हजार ५९ मत प्राप्त गर्नु भएको छ ।