जेठ १३, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको अन्तिम दिन आज शुक्रबार दोहोरो अंकले घटेको छ । केहि दिनदेखि निरन्तर उकालो लागेको नेप्से आज भने घटेको छ । आज नेप्से १५.८२ अंकले घटेर दुई हजार २ सय २३ दशमलव ७८ विन्दुमा बन्द भएको छ । बिहिबार नेप्से ८.०३ अंकले बढेर दुई हजार २ सय ३९ दशमलव ६० विन्दुमा बन्द भएको थियो ।
त्यस्तै, आज शेयर बजार घटेपनि कारोबार रकममा भने सामान्य सुधार भएको छ । आज १ अर्ब २९ करोड ८९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार ८८ करोड ९८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।