जेठ १४, काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राज्यको कमजोरीका कारण लाखौँ नेपाली नागरिकहरु नागरिकताविहीन बस्नुपरेको बताउनुभएको छ ।
प्रतिनिधिसभाको शनिबारको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा माग लिदै यादवले राज्यले नागरिकता नदिएर गरेको गल्तीको सजाय जनताले भोग्नुपरेको बताउनुभएको हो । उनीहरुलाई तत्काल नागरिकता दिने दायित्व राज्यको भएको भन्दै यससम्बन्धी कानून पारित गर्नुपर्ने उहाको भनाई छ । त्यस्तै कानून र अधिकारका साथै प्रहरी प्रशासनको अभावमा प्रदेशले राम्रोसंग काम गर्न नसकेको उहाले बताउनुभयो ।
त्यस्तै उहाले संघीय निजामति ऐन जारी गर्ने विषयलाई पनि सरकारले प्राथमिकतामा राख्नुपर्ने धारणा राख्नुभयो ।