जेठ १६, काठमाडौं । पाठेघरको भित्री तहको सक्रिय तन्तु बाहिर पुग्नुलाई मेडिकल भाषामा इन्डेमेट्रिओसिस र पाठेघरको मध्य तह (मायोमेट्रियम) मा पुगेको अवस्थालाई एडेनोमायोसिस भनिन्छ। केही दशकयता इन्डेमेट्रिओसिसको समस्या बढ्दै गएको छ। ढिलो विवाह गर्ने र कम बच्चा जन्माउने चलन, ल्याप्रोस्कोपी जस्तो रोग पत्ता लगाउने प्रविधिको सुविधा तथा विशेषज्ञ सेवाको उपलब्धताका कारण यस्ता बिरामीको संख्या बढेको देखिएको डा. रन्गिना लाइकगं बम बताउनुहुन्छ । बिरामिले यो रोगको बारेमा नबुझेको र यसलाई उपचार पनि ठिलो हुने उहाँ बताउनुहुँन्छ ।

पाठेघरको रोग एडेनोमायोसिस रोग लाग्दा कस्तो लक्षण देखा पर्छ ?

समस्या हुँदा महीनावारीको बेला डल्लो उठ्ने, केही दिन अत्यधिक दुख्ने, हल्का रगत बग्न सक्ने र दिसापिसाब गर्दा पोल्ने हुन सक्ने डा. बताउनुहुन्छ। त्यस्तो उपचारमा पनि छोटो समयका लागि महीनावारी नगराउने हर्मोनयुक्त औषधि चलाउन सकिने उहाँको भनाई हो । तल्लो पेट दुख्ने समस्या धेरै हुने महिनावारी समयमा नहुँने कहिले छिट्टो त कहिले ढिला हुने समस्या देखा पर्ने डा. रन्गिना बताउनुहुन्छ । एडेनोमायोसिसले पाठेघरको सबै भागमा असर गर्ने हुनाले महिलाको उमेर अनुसार पाठेघरको आकार ठूलो हुन्छ। प्रायः बच्चा पाइसकेका र ४० वर्ष नाघेका महिलामा देखिने यो समस्यामा महीनावारीमा धेरै रगत बग्ने, सानो पेट दुख्ने, पिसाब गर्दा र यौन सम्पर्कका बेलामा दुख्ने हुन्छ। एडेनोमायोसिसको पहिचान अल्ट्रासाउण्डबाट गर्न सकिन्छ। समस्या पहिचानपछिको उपचारमा सन्तानको रहर पुगिसकेका महिला रहेछन् भने पाठेघर निकाल्ने शल्यक्रिया गर्नुपर्ने डा. रन्गिना लाइकगं बम बताउनुहुन्छ ।