काठमाडौं । कृषि विकास बैंकले विभिन्न तहमा काम गर्ने १५२ कर्मचारीको माग गरेको छ । 

बैंकले शुक्रबार एक सूचना जारी गर्दै कर्मचारी माग गरेको हो । बैंकले प्रशासनतर्फ शाखा प्रमुखमा पाँच, व्यवसाय अधिकृत ४७, कम्प्युटर अधिकृत १७, सिभिल इन्जिनियर तीन, कर्जा अधिकृत १२ जना र व्यवसाय सहायकमा २३ जनाका लागि आवेदन खुला गरेको छ ।  

यस्तै, बैंकले कानुन सहायक ६, ऋण सहायक पाँच, लेखापाल ३४ जना कर्मचारी माग गरेको छ । बैंकका अनुसार दरखास्त फारम अनलाइनबाट भर्न सकन्छ । दरखास्त १२ साउनसम्म अनलाइनबाटै दिन सकिनेछ । यता, १९ साउनसम्म भने दोब्बर दस्तुर तिरी दरखास्त दिन सकिनेछ ।