कालिका लघुवित्त वित्तीय संस्थाले १९ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई गत आर्थिक वर्षको नाफाबाट बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो ।

यस्तै, उक्त बोनस सेयरको कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश पनि वितरण गर्ने भएको छ । प्रस्तावित बोनस सेयर नियामक नेपाल राष्ट्र बैंक र कालिकाको आगामी वार्षिक साधारणबाट पारित भएपछि सेयरधनीहरुलाई वितरण हुनेछ ।