काठमाडौँ । निजामती कर्मचारी अस्पतालले कर्मचारी नियुक्तिका लागि आवेदन आह्वान गरेको छ ।

अस्पतालले खुला र समावेशी प्रतियोगिताबाट स्थायी पदपूर्ति गर्न ३३० जनाका लागि लिखित परीक्षाको विज्ञापन खुलाएको हो । 

न्यूनतम योग्यता पुगेका इच्छुक नेपाली नागरिकले चैत २० गतेसम्म आवेदन दिन सक्ने अस्पतालले जनाएको छ । दोव्वर दस्तुर तिरेर चैत २७ सम्म आवेदन दिन सकिनेछ । 

अस्पतालको वेबसाइटमार्फत् अनलाइन दरखास्त प्रणालीबाट आवेदन  दिनुपर्ने सूचनामा उल्लेख छ ।