आइतबार एकै दिन प्रतितोला २ हजार ९ रुपैयाँले सुनको भाउ बढेको छ ।

गत शुक्रबार प्रतितोला १ लाख ७ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज एक लाख १० हजार रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको भाउ पनि बढेको छ । तोलामा ३५ रुपैयाँले बढेर चाँदी आज १ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।