काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक गिरावट भएको छ ।आईतवार नेप्से परिसूचक ६.९० अंक घटेर १९२६.४० बिन्दुमा झरेको हो ।

त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.५२ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.५८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६६ अंकले घटेको छ ।आईतवार कारोबारमा आएका २५९ कम्पनीको ३१ लाख ६३ हजार कित्ता शेयर १ अर्ब ६ करोड ९८ लाख ४ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।

अघिल्लो कारोबारको तुलनामा आईतवार कारोबार रकम समेत गिरावट भएको छ । बिहीवार नेप्सेमा १ अर्ब १४ करोडको शेयर खरिदबिक्री भएको थियो ।नेप्सेका १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ । जसमा होटल तथा पर्यटन, जलविद्युत, लगानी, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक बढेको छ भने उत्पादन तथा प्रशोधन, लघुवित्त र म्युचुअल फण्ड उपसमूहको परिसूचक घटेको छ ।

आईतवार नेप्सेपरिसूचकमा गिरावट आए पनि मानुषी लघुवित्त, युनिक नेपाल लघुवित्त र शुभम पावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । तर यता,सानिमा ग्रोथ फण्डको इकाई मूल्य ८.५६ प्रतिशत घटेको छ । आईतवार हिमालयन डिष्टिलरी कम्पनीको ६ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।