काठमाडौँ । नेपाली बजारमा साताको दोस्रो दिन सुनको मूल्य तोलामा ७ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुन प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँमा सुनको कारोबार भइरहेको छ । हिजाे आइतबार सुनको मूल्य अहिलेसम्मकै उच्च प्रतितोला १ लाख १० हजार रुपैयाँ पुगेको हो ।

आज चाँदीको पनि मूल्य घटेको छ । चाँदी तोलामा १५ रुपैयाँले घटेर एक हजार तीन सय ३० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेको थियो ।