काठमाडौं ।अध्यक्ष दुजाङ शेर्पाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै नेपाली कांग्रेस निकट नेविसंघका असन्तुष्ट पक्षले पार्टी कार्यालय सानेपामा हिजाेबाट शूरू रिले अनशन आज पनि जारी रखिएको छ ।

आज अनशन बस्नेहरुमा रुपन्देहीका अमन भुसाल र कैलालीका राजेन्द्र चटौत रहेका छन् ।

म्याद सकिसकेको असक्षम सभापतिलाई खारेज गरि नयाँ पदाधिकारीसहितको विधान सम्मत कमिटी ल्याउनुपर्ने भन्दै नेविसंघ वृहत्त संघर्ष समितिले शनिबारबाट रिले अनशन सुरु गरेको हो ।

अध्यक्ष शेर्पाले स्ववियु निर्वाचनको बेला जथाभावी जिम्मेवारी तोकेको भन्दै ती निर्णयहरु खारेज गर्नुपर्ने माग असन्तुष्ट पक्षले राख्दै आएको छ ।