काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले १० वैशाखमा हुने उपनिर्वाचनका लागि तीनै क्षेत्रमा उम्मेदवार चयन गरेको छ ।

राप्रपाको आज आइतबार बसेको संसदीय समितिको बैठकले तनहुँ-१ मा शोभा गुरुङ, चितवन-२ मा जीबलाल पुरी र बारा-२ मा सोनेलाल साहलाई उमेदवार बनाउने निर्णय गरेको छ ।