धनुषा । अनलाइन ठगी कारोबारमा संलग्न रहेको आरोपमा धनुषा प्रहरीले २३ जनालाई पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको टोलीले उनीहरुलाई जनकपुरधामको पिडारी चोकस्थित बर्गर हाउसको छेउबाट सोमबार साँझ पक्राउ गरेको हो ।

उनीहरुले पिडारी चोकमै एउटा फ्ल्याट भाडामा लिएर अनलाइन ठगीको कारोबार गर्दै आईरहेको सूचनाको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिनुभयो ।

उनीहरुले विभिन्न एपमार्फत हनिट्रयाप जस्तो धन्धा गर्दै आएको प्रहरी नायव उपरीक्षक गौतमले बताउनु भयो । पक्राउ पर्नेमा १४ जना पुरुष र ९ जना महिला छन् । 

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको र विस्तृत आउन बाँकी रहेको गौतमले बताउनु भयो ।