जनकपुरधाम । मधेश प्रदेश सरकारमा सहभागी नेकपा एमालेका मन्त्रीहरुले राजीनामा दिएका छन्।
एमालेबाट सरकारमा सहभागी भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादव, महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री मोहमद जयद आलम, गृह तथा सञ्चारमन्त्री शत्रुधनप्रसाद सिंह, कानुनमन्त्री राजकुमार लेखी र गृह तथा सञ्चार राज्यमन्त्री केशव रायले मंगलबार मुख्यमन्त्रीसमक्ष राजीनामा बुझाएका हुन्।