काठमाडौं ।  चार बुँदे सहमतिपछि नेविसंघले रिले अनशन स्थगित गर्ने भएको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा केही दिनदेखि नेविसंघको एक समूह रिले अनशनमा बसेको थियो।

आज सहमहामन्त्री भीष्मराज आङ्दम्वेको रोहवरमा चार बुँदे सहमति भएको हो।

नेविसंघ वृहत संघर्ष समितिका उज्वल बज्राचार्य, नेविसंघ अध्यक्ष दुजाङ शेर्पा र कांग्रेस केन्द्रीय कार्यालय सचिव प्रेम केसीले सहमतिमा हस्ताक्षर गरेका छन्।

दुजाङको अध्यक्षतामा रहेको नेविसंघलाई १० दिनभित्र पूर्णता दिनेलगायत सहमति भएको छ भने १२ औं महाधिवेशन ८ महिनाभित्र गर्ने सहमति छ।