काठमाडौं । बुधबार सुन र चाँदीको मूल्य घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा नाै सय र चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेको छ ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य एक लाख ११ हजार ८ सय र चाँदीको मूल्य १४ सय २५ रुपैयाँ कायम भएको छ ।

मंगलबार सुन प्रतिताेला एक लाख १२ हजार ७ सय र चाँदी प्रतितोला १४ सय ५० रुपैयाँमा खरिद बिक्री भएको थियो ।