काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ १९ पैसा र बिक्री दर १३१ रुपैयाँ ७९ पैसा पुगेको छ । हिजाे डलर एकको खरिद दर १३१ रुपैयाँ ०६ पैसा र बिक्री दर १३१ रुपैयाँ ६६ पैसा थियाे ।

युरो एकको खरिद दर १४२ रुपैयाँ ०२ पैसा र बिक्री दर १४२ रुपैयाँ ६७ पैसा रहेको छ । हिजाे युरो एकको खरिद दर १४१ रुपैयाँ ६२ पैसा र बिक्री दर १४२ रुपैयाँ २७ पैसा रहेको थियाे ।

बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ०२ पैसा र बिक्री दर १६६ रुपैयाँ ७८ पैसा रहेको छ । हिजाे पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ६८ पैसा र बिक्री दर १६६ रुपैयाँ ४४ पैसा थियाे ।

कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९९ पैसा र बिक्री दर ३६ रुपैयाँ १५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । हिजाे रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९५ पैसा र बिक्री दर ३६ रुपैयाँ ११ पैसा थियाे ।

अरू हेर्नुहाेस