काठमाडौँ । आज शुक्रबार सुनकाे मुल्य बढेकाे छ ।

आज सुन ताेलामा आठ सयले बढेर प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन प्रतितोला १ लाख ११ हजार रुपैयाँमा कारोबार भएको थियाे ।

यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा २० रुपैयाँले वृद्धि हुँदै आज प्रतितोला १ हजार ४ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

अघिल्लो चाँदी प्रतितोला १ हजार ४ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।