काठमाडौं । एसिया कपको फाइनलमा श्रीलंकाले भारतलाई ५१ रनको झिनो लक्ष्य दिएको छ ।

कोलम्बोमा टस जितेर पहिले ब्याटिङ रोजेको श्रीलंका १५.२ ओभरमा जम्मा ५० रन जोड्दा अलआउट भयो ।

यसअघि सुपर फोर चरणमा भारतले श्रीलंकालाई ४१ रनले पराजित गरेको थियो ।