काठमाडौं । सडक सुरक्षा तथा सचेतना कार्यक्रमअन्तर्गत काठमाडौंको गोंगबुु बसपार्कमा निःशुल्क स्वास्थ्य शिविर भएको छ ।
प्रहरी वृत्त नयाँ बसपार्क, लोत्से बहुउद्देश्यीय प्राईभेट लिमिटेडको आयोजना र ओम चावहिल डेण्टल हस्पिटल चावहिल कोटेश्वरकोसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य परीक्षण भएको हो ।
चाडपर्व नजिकिँदै गर्दा बस पार्कमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले सवारी चालक र सहचालकको निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइएकोे बताउनु भयो ।
उहाँले नयाँ बसपार्क राष्ट्रिय बसपार्क समेत भएकाले धेरै यात्रुहरु भित्रिने र जाने क्रम हुने भन्दै चालकको स्वास्थ्य अवस्था थाहा पाउन नाक, कान, घाँटी, आँखा र दाँत परीक्षण गरिएकोे बताउनु भयो ।
त्यस्तै नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले ट्राफिक सप्ताहको अवसरमा दुर्घटना न्युनिकरणका लागि चालक र सहचालकलाई स्वास्थ्य परीक्षण गरिएको बताउनु भयो । उहाँले लाखौँ नागरिकलाई मेची—महाकाली पु¥याउनुपर्ने दायित्व चालक र सहचालकको भएको भन्दै उहाँहरुको स्वास्थ्य परीक्षण गरिएको जानकारी दिनुभयो । उहाँलेसवारी र चालक जहिलेपनि स्वस्थ हुुनुपर्ने बताउनु भयो ।
ट्राफिक सप्ताह अन्तर्गत निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको हो ।








