काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)की सांसद विद्या भट्टराईले करारमा कार्यरत वीर अस्पतालका २३० जना स्वास्थ्यकर्मीहरुलाई हटाउने सरकारको निर्णयप्रति आपत्ति जनाउनुभएको छ । 

आईतवार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै उहाँले कोरोनाकालमा नियुक्त गरिएका ५० चिकित्सकसहितका स्वास्थ्यकर्मीहरुलाई आज (आईतवार) बाट स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले नआउन निर्देशन दिएकोमा आपत्ति जनाउनुभएको हो । उहाँले उनीहरुलाई हटाउने निर्णय फिर्ता लिन पनि सरकारसँग आग्रह गर्नुभयो ।

सांसद भट्टराईले वीर अस्पतालको बिस्तारित सेवाका लागि र नागरिकलाई निजी स्वास्थ्य संस्थामा जान बाध्य नपार्न पनि सरकारले उनीहरुको सेवा प्रवाहको कामलाई निरन्तरता दिनुपर्ने तर्क गर्नुभयो ।