काठमाडौं । सन्दीप लामिछानेले हालेको निवेदनबारे सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ ।

न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासमा सुनुवाइ सुरु भएको हो ।

उच्च अदालतले २८ पुसमा धरौटीमा छाड्न आदेश दिँदा उपत्यका छाड्न नपाइने लगायतका शर्त राखेको थियो ।

त्यही कारण लिग टूको त्रिकोणात्मक सिरिज खेल्न यूएई जान नपाउने भएपछि सन्दीप विदेश जान लगाएको रोक हटाउन माग गर्दै सर्वोच्च गएका थिए ।