काठमाडौं । विश्वकप कप छनोटका लागि दक्षिण अफ्रिकामा अभ्यासका लागि पुगेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज आफ्नो पहिलो अभ्यास खेल स्कटल्याण्डसँग खेल्दैछ।

खेल मध्यान्ह दक्षिण अफ्रिकामा १२ः४५ बजेबाट शुरु हुनेछ।

जिम्बावेमा आगामी १८ जुनदेखि १९ जुलाईसम्म हुने छनोट प्रतियोगिताका लागि क्यानले प्रारम्भिक टिमको घोषणा गरेको हो।

नेपालले गत चैतमा सम्पन्न लिग २ श्रृंखलाको शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोटमा स्थान बनाएको थियो।