काठमाडौं । चीनमा जारी १९औं एसियाड अन्तर्गत पुरुष क्रिकेटमा नेपालले मंगोलिया विरुद्ध ३१४ रनको कीर्तिमानी स्कोर बनाएको छ ।
कुशल मल्लले टी–२० आईमा विश्व कीर्तिमानी शतक र दीपेन्द्र सिंह ऐरीले कीर्तिमानी अर्धशतक प्रहार गर्दा नेपालले कीर्तिमानी स्कोर बनाएको हो ।
हान्झाउस्थित जेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी फिनफेङ क्रिकेट फिल्डमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर ३१४ रन बनाएको हो ।
यो खेलमा नेपालले पनि नयाँ रेकर्ड कायम गरेको छ । नेपालले टी–२० मा सबैभन्दा बढी स्कोर बनाएर नयाँ रेकर्ड राखेको हो । मंगोलिया विरुद्ध नेपालले ३ सय १४ रन जोड्यो, मात्र ३ विकेटको क्षतिमा नेपालले पनि नयाँ रेकर्ड कायम गरेको हाे ।







