२२ वैशाख, काठमाण्डौ । काराेबार हुने हप्ताको अन्तिम दिन आज बिहीवार पनि शेयर बजार घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज ३७ दशमलव ६ अङ्कले घटेर दुई हजार दुई सय ३८ दशमलव ६२ विन्दुमा झरेको छ । 

सबै समूहको शेयर घटेकोमा विकास बैंक, जलविद्युत्, माइक्रोफाइनान्स र बीमा समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । दुई सय ३२ वटा कम्पनीका ४६ लाख ७४ हजार कित्ता शेयर एक अर्ब ६५ करोड ४५ लाख रुपैयाँको शेयर कारोबार भयो । सबैभन्दा धेरै सूर्य लाइफ इन्सोरेन्सको आठ करोड ४५ लाख रुपैयाँको शेयर किनबेच भयो । 

आज घलेम्दी हाइड्रो, मैलुङ खोला, शिवश्री हाइड्रो, ग्रीन भेन्चर्स, पञ्चकन्या माई हाइड्रो र बुद्धभूमि हाइड्रोको शेयर ६ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार राताम्मे भए पनि जालपा लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।