बैशाख ३०, काठमाडौँ । निर्वाचन आयोगले विभिन्न ७ जिल्लाका केही मतदान केन्द्रमा मतदानको कार्य अवरुद्ध भएको जनाएको छ ।

पर्वत ,दोलखा, रामेछाप, सर्लाही, सप्तरी, हुम्ला र बाजुरासहित ७ जिल्लाका केही मतदान स्थलमा सामान्य विवादका कारण मतदान कार्य अवरुद्ध भएपनि सुचारु गर्ने प्रयास भइरहेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

आज देशभर ७५३ स्थानीय तहमा १० हजार ७५६ मतदान स्थलका २१ हजार ९५५ मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान भइरहेको छ ।