जेठ ६,काठमाडौं । झापाको बिर्तामोड नगरपालिकाको मेयरमा एमाले उम्मेदवार पवित्रा महतारा विजयी भएकी छन् । बिर्तामोडको उपमेयरमा पनि एमालेका उम्मेदवार विजयी भएका छन् । बिर्तामोडको मेयरमा महतारा र उपमेयरमा एमालेका नगेन्द्र संग्रौला निर्वाचित भएका हुन् । शुक्रबार सम्पन्न मतगणनामा बिर्तामोडको मेयरमा निर्वाचित महताराले कांग्रेसका भोजराज सिटौलालाई ३ हजार ७ सय ५८ मतान्तरले पराजित गरिन् । प्रसाईले १६ हजार ५ सय २० मत प्राप्त गरिन् भने निकटतम प्रतिद्वन्द्वी सिटौलाले १२ हजार ७ सय ६२ मत मात्र पाए ।
उपमेयरमा निर्वाचित संग्रौलाले प्रतिद्वन्द्वी माओवादी केन्द्रका चन्द्रप्रसाद (सीपी) कडरियालाई ७ हजार १ सय ३५ मतान्तरले पराजित गरे ।

संग्रौलाले १५ हजार ५ सय ८६ मत पाए भने कडरियाले ८ हजार ४ सय ५१ मत पाए । महतारा जिल्लामा नगरपालिकाको मेयर पदमा निर्वाचित पहिलो महिला बनेकी छन् । उनी अघिल्लो कार्यकाल बिर्तामोडको उपमेयर थिइन् ।