धनगढी। सुदूरपश्चिम प्रदेशको एक मात्रै उप महानगरपालिका रहेको धनगढीले आगामी आर्थिक बर्षका लागि एक अर्ब ८३ करोड बजेट प्रस्तुत गरेको छ ।

शुक्रबार बसेको नगरसभाको बैठकमा आगामी आर्थिक बर्ष २०७९/८० का लागि बजेट प्रस्तुत गर्दै उप प्रमुख कन्दकला रानाले एक अर्ब ८३ करोड ८९ खा २४ हजार बराबरको बजेट प्रस्तुत गरिन् । 

आन्तरिक तर्फ २६ करोड ८८ लाख ४६ हजार र अन्य बजेट संघ र प्रदेशको अनुदानबाट प्राप्त हुने उपप्रमुख रानाले बताइन् ।