जेठ २१, गोरखा । भिरबाट खसेको ढुङ्गाले लागेर आज शुक्रवार गोरखाको धार्चे गाउँपालिकामा एक युवकको ज्यान गएकाे छ । ढुङ्गाले लागेर धार्चे ३ उहीयाका २० वर्षीय धनबहादुर गुरुङको ज्यान गएकाे हाे ।

दुङ्लाबाट निसराङ ताल जाने पैदल बाटो निर्माण गरिरहेको अवस्थामा भिरबाट खसेको ढुङ्गाले लागेर गुरुङको घटनास्थलमै ज्यान गएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) लीलाराज लामिछानेले बताउनुभयो ।

सङ्घीय सरकार र पालिकाको लागत सहभागितामा निसराङ तालसम्म जाने पैदल बाटो निर्माणको काम भइरहेको हो ।