काठमाडौं । प्रतिनिधि सभाकी सांसद मञ्जु शर्मा (अन्सारी) ले पद तथा गोपनियताको शपथग्रहण गर्नुभएको छ । 

उहाँ जनता समाजवादी पार्टीका सांसद शहनाज रहमानको निधनपछि रिक्त रहेको समानुपातिकतर्फ प्रतिनिधि सभाकी सांसद हुनुभएको हो । आईतवार सिंदरबारस्थित कानून समितिको हलमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले उहाँलाई पद तथा गोपनियताको शपथग्रहण गराउनुभएको हो ।

शपथग्रहण समारोहमा उपसभामुख इन्दिरा राना, नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरी, नेकपा (माओवादी केन्द्र) प्रमुख सचेतक हीतराज पाण्डे, संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमसहितको उपस्थिति रहेको थियो ।
सप्तरी निवासी अन्सारीको २०७९ सालको प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत जसपाबाट मुस्लिम क्लस्टरको क्रमसंख्या २ मा नाम थियो ।