काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य भारतबाट घटेर आएको छ । नेपाल आयल निगमलाई भारतको इन्डियन आयल कर्पोरेसनले घटोको नयाँ मूल्यसूची पठाएको छ ।

पेट्रोल प्रतिलिटर १ रुपैयाँ ७४ पैसा, डिजेल ६ रुपैयाँ ५९ पैसा र मट्टितेल प्रतिलिटर १० रुपैयाँ ९० पैसा घटेको छ । हवाइ इन्धन पनि ८ रुपैयाँ १२ पैसा र यस्तै ग्यासको मूल्य प्रति सिलिन्डर ८६ रुपैयाँ घटेर आएको छ। 

दोस्रोपटक पनि पेट्रोलियम पदार्थको मूल्य घटेर आएकाले नेपालमा पनि घट्ने सम्भावना रहेको निगम स्रोतले बताएको छ ।