काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुक भित्र देखिएको खिचातानीप्रति जनतामा वितृष्णा बढेर गएको धारणा व्यक्त गर्नुभएको छ । 

सोमवार सुनसरीको इनरुवामा आयोजित नागरिक अभिनन्दनग्रहण पश्चात सम्बोधन गर्दै शाहले जनताको चासोप्रति आफू जानकार रहेको बताउनुभएको हो ।

सम्बोधनका क्रममा शाहले जनताबाट प्राप्त चिन्ता र चासोप्रति आफू गम्भीर बनेको बताउनु भयो । उहाँले देशमा स्थिरता र स्थायित्व सही राज्य पद्धती शान्ति र अनुशासन बिना हुन नसक्ने बताउनु भयो । उहाँले कसैलाई धन,कसैलाई मन,कसैलाई पद र कसैलाई कद दिएर लालचमा पारी सामाजिक संरचना च्यात्ने प्रयास भइरहेको बताउनु भयो ।

उहाँले राष्ट्रियताको रक्षा र राष्ट्रिय एकतामा जोड दिनुपर्ने बताउनु भयो । परिवर्तन देखाउन अहिलेको कोरा र सतही फेरबदल, आलटाल र टालटुलको प्रणलीले कुनै खदिलो परिणाम दिन नसक्ने उहाँको भनाइ थियो । 

पूर्वराजा शाहले देशमा स्थिरता र स्थायित्व सही राज्य पद्धती, शान्ति र अनुशासन बिना हुन नसक्ने बताउनु भयो ।