काठमाडौं । सांसदहरुलाई आग्रह राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सदन चलिरहँदा मोबाईल स्विच अफ गर्न सांसदहरुलाई आग्रह गर्नुभएको छ । 

मंगलवार राष्ट्रिय सभा बैठकमा उहाँले मोबाइल स्विच अफ गर्न सांसदहरुलाई सचेत गराउनु भएको हो ।

नेकपा (एकीकृत समाजवादी) सांसद मदनकुमारी साह गरिमाले बोलिरहका बेला एक सांसदले मोबाईल चलाईरहेको देखेपछि अध्यक्ष तिमिल्सिनाले त्यसो नगर्न भन्नुभएको हो ।

सदन चलिरहेका बेला सांसदहरुलाई राष्ट्रियसभाका अध्यक्षले सचेत गराउन सक्ने अधिकार रहेको हुन्छ ।