काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहालले अबको दुई दिन भित्र सरकारले शतप्रतिशत पूर्णता पाउने बताउनुभएको छ । 

बुधवार नेकपा (माओवादी केन्द्र) केन्द्रिय सहकारी तथा गरीवी निवारण विभागको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले लगभग पूर्णता पाइसकेको र अबको दुई दिन भित्रमा पूर्ण रुपमा सरकार बिस्तार हुने बताउनु भयो ।

उहाँले अब सरकारको ध्यान पूर्णरुपमा सरकारको नीति बनाउने र बजेट निर्माणमा नै केन्द्रित हुने बताउनु भयो । उहाँले अबको बजेटमा गुणात्मक रुपमा र जनताले केही राहत पाउनेगरी बजेट निर्माण गर्ने प्रतिवद्धता जनाउनु भयो । जनताले फरक अनुभुति गर्न नसके अहिलेसम्मका सम्पूर्ण परिवर्तन धरापमा पर्नसक्ने बताउनु भयो । 

प्रधानमन्त्री दाहालले आफ्नो कार्यकालमा जनतामा आशा जगाउने अधिकतम काम गर्ने प्रयास गर्ने बताउनु भयो ।