काठमाडौँ । बुधबार सुनको मूल्य घटेको छ ।
हिजाे मंगलबार प्रतितोला १ लाख ८ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन बुधबार १ सय रुपैयाँले घट्दै १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै चाँदीको मूल्य भने बुधबार अघिल्लो दिनको मूल्य नै कायम हुँदै प्रतितोला १ हजार ३४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।








