काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्र संवेदनशील मोडमा रहेको बताउनुभएको छ ।
बिहीवार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघले गरेको राष्ट्रिय आर्थिक वहस सुधारका लागि सहकार्य कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले यस्तो बताउनुभएको हो । उहाँले सरकारले अर्थतन्त्रलाई लयमा ल्याउनको लागि समयमा सही नीति लिन नसक्दा अर्थतन्त्र संवेदनशिल मोडमा पुगेको बताउनु भयो ।
उहाँले सरकारले सहज रुपमा व्यवसाय गर्ने वातावरण बनाउन आवश्यक रहेको भन्दै अर्थतन्त्र सुधारको लागि सानोतिनो परिवर्तन र टालटुले नीतिले तत्काल सुधार सम्भव नभएको बताउनु भयो । उहाँले बैंक वित्तिय संस्थाहरुसँग करिव ५ खर्ब रुपैया लगानी गर्नसक्ने रकम रहेको तर आपूर्ति अधिक हुँदा कर्जाको ब्याजदर घटेर उद्यमी व्यवसायीले रकमको माग गर्नुपर्ने भएपनि त्यस्तो हुन नसकेको उल्लेख गर्नुभयो । उहाँले विदेशी विनिमय सञ्चिति हालसम्मकै उच्च रहेको बताउनु भयो ।
उहाँले रेमिट्यान्स हालसम्मकै उच्च अर्थात महिनामै १ खर्ब १६ अर्ब रुपैयाँ भित्रिएको छ भने बजारमा माग बढ्न सकेको छैन तर औपचारिक रुपमा आयात उच्च हुने जस्ता विरोधाभाषपूर्ण तथ्यांकहरु अर्थतन्त्रमा देखिएको बताउनु भयो । उहाँले सर्वसाधारणले अर्थव्यवस्थाप्रति विश्वास गुमाउँदै गएर एकैपटक लगानी र बजारको माग घट्दा बजार मूल्य समेत निरन्तर बढेको बताउनु भयो ।
उहाँले अब नयाँ पुस्ताको आर्थिक सुधारको तत्काल घोषणा गर्न आवश्यक देखिएको उल्लेख गर्नुभयो । अहिलेको अर्थव्यवस्थाको जग विसं २०४८ ताका थालिएको सुधारले अब थेग्न नसक्ने भन्दै सरकारले तत्काल आर्थिक सुधार आयोग वा अन्य कुनै उच्च स्तरिय कानुनी हैसियत भएको संयन्त्र गठन गर्र्न जरुरी देखिएको उहाँको भनाई छ । वर्तमान अर्थतन्त्रमा देखिएका सबै पक्ष मिलेर काम गरे मात्रै समाधान सम्भाव भएको दाबी गर्नुभयो । उहाँले नेपालको निजी क्षेत्र दरिलो रहेको भन्दै निजी क्षेत्रको मनोबल बढाउने पक्षमा सरकार सकारात्मक हुन आवश्यक रहेको बताउनु भयो ।
अध्यक्ष ढकालले मुलुकको अर्थतन्त्रमा ८० प्रतिशत योगदान गरेको नीजि क्षेत्रले दिएका सुझावहरु सरकारले कार्यान्वयन समेत गर्न नखोजेको आरोप लगाउनु भयो । उहाँले ९० प्रतिशत कजौ प्रवाह हुँदा समेत मुलुकको आर्थिक वृद्धि हुन नसेको विषयमा अध्ययन गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले सहज अवस्था हुँदा बैंक वित्तीय संस्थाले कर्जा दिएको र केन्द्रिय बैंकले पनि त्यो ऋण अनुगमन गरिरहेको भन्दै दोषजति उद्यमी व्यवसायीलाई मात्र लगाउनु राम्रो नभएको बताउनु भयो । उहाँले अर्थतन्त्रमा समस्या आउनु निजी क्षेत्रलाई मात्रै दोष देखाएर सरकार उम्कन नपाउने बताउनु भयो ।
उहाँले सरकार,नियमन निकाय र निजी क्षेत्र सबैका कारण सिर्जित समस्याको समाधान पनि सबै मिलेरै गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले ९० प्रतिशत कर्जा प्रवाह उत्पादनमुलक क्षेत्रमा कति र अन्यत्र क्षेत्रमा कति प्रतिशत लगानी भएको छ अध्ययन गर्न तयार रहेको बताउनु भयो । उहाँले आर्थिक वृद्धिका लागि कर्जामात्रै आवश्यक नभएर सरकारले खर्च पनि गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले अर्थशास्त्रीहरुले पनि निजी क्षेत्र भन्ने वित्तिकै घरजग्गा, शेयर र व्यापार मात्रै लगानी गरे भन्ने गरेको भन्दै निजी क्षेत्र आवश्यक नभएको हो भन्दै प्रश्न गर्नु भयो । उहाँले संसारभर पुँजी परिचालनको माध्यम शेयर बजार भएको उल्लेख गर्नु भयो । उहाँले लगानीका अवसर नभएपछि कर्जाको केहि रकम जग्गा र शेयरमा गएको भन्दै अन्यत्र भएको लगानी पनि बजारमा माग नहुँदा खुम्चिदै गएको बताउनु भयो।








