काठमाडौं । नेपाली बजारमा सोमबार सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भएको छ ।

छापावाल सुन तोलाको एक लाख २१ हजार ६०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार छापावाल सुन तोलाको एक लाख २० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने स्थिर छ । चाँदी तोलाको एक हजार ५४५ रुपैयाँमा कारोबार भएको छ । आइतबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।