काठमाडौं । इन्डोनेसियामा आइतबार मारापी ज्वालामुखी विस्फोट हुँदा हाइकिङ गएका ११ जनाको मृत्यु भएको छ । १२ जना बेपत्ता छन् । तीन जनाको भने सोमबार उद्धार गरिएको छ ।

हाल बेपत्ता भएकाहरूको खोजी जारी राखिएको छ । इन्डोनेसियाको १२७ सक्रिय ज्वालामुखी मध्येमा हाल विस्फोट भएको माउन्ट मारापी पर्छ ।

आइतबार उक्त ज्वालामुखी विस्फोट हुँदा त्यसको खरानी ३ किलोमिटर टाढासम्म र ९ हजार ८०० फिट माथिसम्म फैलिएको थियो । नजिकै अर्को एक सानो ज्वालामुखी पनि विष्फोट भएकाले उद्धारकार्य प्रभावित भएको छ ।